Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा


650
Shares

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा विश्वकपका लागि टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका शेर मल्ल समावेश छन् ।

मल्ल पहिलोपटक नेपालको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् । यसैगरी बसिर अहमद पनि विश्वकप टोलीमा परेका छन् । तर, विश्वकप एसिया–इएपी छनोटमा सहभागी रहेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने अन्तिम टोलीमा अटाउन सकेनन् ।