Logo २३ पुस २०८२, बुधबार | Thu Jan 8 2026


नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसँगको एकताबारे वर्षमान भन्छन्–तत्कालका लागि असम्भव


390
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकता तत्कालका लागि असम्भव जस्तै भएको बताउनुभएकाे छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले यस्तो बताउनुभएको हो । उहाँले चन्दसँग पार्टी एकताको लागि केही कुरा नभएको पनि खुलाउनुभयो ।

उहाँले तत्कालीन नेकपा (एकीकृत समाजवाद)सँगको एकताको समयमा चन्द छुट्नुभएको भन्दै भविष्यमा आउन चाहेका स्वागत गर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘विप्लवजीसँग केही कुरा भएको छैन । अस्ति आउनुपथ्र्यो छुट्नुभयो । अब आउनुहुन्छ भने स्वागत छ । अहिले त्यस्तो आउने सम्भावना हामीले देखेका छैनौँ तत्काललाई ।’

उहाँले नेकपा व्यवस्था र संविधान निर्माणका लागि लडेको पार्टी भएको भन्दै नयाँ पुराना कुनैपनि शक्तिसँग नडराएको जिकिर गर्नुभयो ।