काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको गुनासो गर्नुभएको छ ।
मंगलवार ललितपुरमा इन्जिनियरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा सार्वजनिक गर्नुभएको हो ।
मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणमा मात्रै २/३ सय इन्जिनियर आवश्यक भएपनि त्यसका लागि दरबन्दी थप्न गरिएको प्रश्तावमा पनि अर्थ मन्त्रालयले सहमति नदिएको बताउनु भयो । उहाँले मुलुकमा इन्जिनियरहरुको धेरै डिमाण्ड रहेको समेत स्पष्ट पार्नुभयो ।
मन्त्री घिसिङले भन्नुभयो, सरकारी संस्थानहरुमा इन्जिनियरहरुको धेरै डिमान्ड छ । हामीले इलेक्ट्रिक इन्जिनियर पुर्याउन सकेका छैनौँ । कम्प्युटर इन्जिनियर, आइटी इन्जिनियरहरुको धेरै ठूलो डिमान्ड छ । र त्यसको दरबन्दी क्रियट गर्न खोज्दाखेरी अर्थ मन्त्रालयले दिँदैन । त्यो त यतातिर ठूलो डिमान्ड छ । रोजगारी क्रियट भइराखेको छैन । यसलाई त सरकारले गम्भिर रुपमा हेर्नुपर्यो नि त सरकारले । विद्युत प्राधिरकरणमा अहिले पनि २/३ सय इन्जिनियर खपत गर्ने ठाउँ छ त्यहाँ । करिव १३० वटा शाखा छ । दरबन्दी छ, इन्जिनियर छैन । आवश्यक छ त्यहाँ । दरबन्दी थपौँ भन्यो, अर्थ मन्त्रालयले रोक्छ ।’
मन्त्री घिसिङले सरकारले इन्जिनियरहरुको आवश्यकता पूरा गर्ने कामलाई गम्भिरतापूर्वक लिनुपर्ने पनि बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्