Logo २३ पुस २०८२, बुधबार | Thu Jan 8 2026


कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित


2.8k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएकाे छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको हो ।

केही विषय मिलाउन बाँकी रहेकाले बैठक फेरि बस्ने गरी स्थगित भएको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिएका छन् । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले चुनावी तालमेल गर्ने अन्तिम तयारी गरेका छन् ।
सोमबारको बैठकपछि कार्यवाहक सभापति खड्का केन्द्रीय सदस्य रमेश लेखकका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुगेका थिए ।

त्यसअघि आइतबार एमाले महासचिव शंकर पोखरेलले कांग्रेस कार्यवाहक सभापति खड्का र लेखकसँग कुराकानी गरेका थिए ।

आइतबार नै एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ॅप्रचण्ड’ बीच पनि संवाद भएको थियो ।