Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


रास्वपाकाे सचिवालय बैठक आज बस्दै

बैठकमा छलफल गर्न १० वटा कार्यसूची तय

312
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक मंगलबार बस्ने भएकाे छ।

साेही बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएकाे हाे। बैठकमा १० वटा कार्यसूची तय गरिएको छ। बैठकमा छलफलको लागि प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति तय गरिने प्रवक्ता मनिष झाले बताउनुभयाे। रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीहरूको नाम मागेको छ। त्यसैका लागि आवेदन दिने सीमा तोक्न लागेको हो।

त्यस्तै, उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताउनुभएकाे छ। उम्मेदवार सिफारिस उपसमिति संयोजक डा. स्वर्णिम वाग्ले रहनुभएकाे छ। पार्टी समायोजन उपसमिति संयोजक महामन्त्री कविन्द्र बुर्लाकोटी रहनुभएकाे हाे। बैठकले केन्द्रीय समिति विस्तार गर्ने कार्यसूची तय गरेको छ।