काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जारी रहेकाे छ।
साेही बैठक अहिले पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा जारी रहेकाे हाे। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी रणनीति तथा आगामी केन्द्रीय कमिटी बैठकको तयारीकाे बारेमा छलफल हुने भएकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा बदलिँदो राजनीतिक समीकरणको समीक्षा गर्दै पार्टीको आन्तरिक तथा वाह्य रणनीति टुंगो लगाउने अपेक्षा गरिएको हाे ।
विशेष गरी यहि पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकका लागि प्रश्तावहरू अन्तिम रूप दिने कार्यसूची रहेकाे छ। यसअघि सोमबार साँझ नेपाली कांग्रेस, एमाले र अन्य दलहरूबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडकाे बारेमा छलफल भएको सन्दर्भमा साेही बैठकले उम्मेदवारी टुंगो लगाउने भएकाे छ ।
राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुने भएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्