Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


बुल्गेरियाली फुटबल खेलाडी पेनेभकाे अन्तिम बिदाइ


182
Shares

एजेन्सी। सोफियास्थित नेशनल स्टेडियममा हजारौं बुल्गेरियालीहरू भेला भएर बुल्गेरियाली फुटबल खेलाडी तथा प्रशिक्षक दिमितार पेनेभलाई साेमबार अन्तिम बिदाइ गरेका छन्।

सन् १९९४ को फिफा विश्वकपमा राष्ट्रिय टोलीलाई हालसम्मकै उत्कृष्ट नतिजा दिलाउँदै चौथो स्थानसम्म पुर्‍याउन सफल पेनेभको ८० वर्षको उमेरमा निधन भएको बुल्गेरियन फुटबल युनियनले जानकारी दिएको हाे । पेनेभले आफ्नो खेल जीवनको १३ वर्ष सीएसकेए सोफियामा बिताएका थिए । उनलाई बुल्गेरियाका उत्कृष्ट ‘सेन्टर–ब्याक’ मध्ये एक मानिन्थ्यो । उनले सन् १९६६, १९७० र १९७४ को विश्वकपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै ९० वटा अन्तर्राष्ट्रिय खेल ९क्याप० खेलेका थिए । पेनेभ दुई पटक ‘बुल्गेरियन फुटबलर अफ द इयर’ बाट समेत सम्मानित भएका थिए ।

प्रशिक्षकको रूपमा पेनेभ सन् २०१२ सम्म सक्रिय रहेका थिए । जसका क्रममा उनले तीन वटा बुल्गेरियन लिग उपाधि, चार वटा बुल्गेरियन कप र एउटा बुल्गेरियन सुपर कप जितेका थिए । पेनेभ सन् २०१९ मा सल्लाहकारको रूपमा पुनः सीएसकेए सोफियामा आवद्ध भएका थिए ।