काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १ सय ४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६२ पैसा रहेकोमा मंगलबार बढेर क्रमशः १ सय ४४ रुपैयाँ १५ पैसा र १ सय ४४ रुपैयाँ ७५ पैसा कायम भएको जनाएकाे हाे। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा र क्यानेडियन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ ७० पैसा र बिक्री दर १ सय ५ रुपैयाँ १३ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १ सय ९४ रुपैयाँ ७ पैसा र बिक्रीदर १ सय ९४ रुपैयाँ ८८ पैसा कायम गरिएको हाे । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने भएकाे हाे।






प्रतिक्रिया दिनुहोस्