Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


पर्वतमा एमालेबाट पदम गिरीसहित ११ जना सिफारिस


910
Shares

काठमाडाैं ।

पर्वतबाट नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि पदम गिरिसहित ११ जनाको नाम सिफारिस गरेको छ ।

एमाले केन्द्रीय सदस्य पदम गिरी, पूर्वमन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका संस्थापक नगर प्रमुख पदमपाणि शर्मा, एमाले प्रदेश कमिटी सचिवालय सदस्य शान्त पौडेलको नाम सिफारिस भएको छ ।

यस्तै प्रदेश कमिटी सदस्य राजु पौडेल, पूर्वसांसद जुनादेवी नेपाली, जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडी, सुन्दर भुसाल, शारदा शर्मा, ध्रुव श्रेष्ठ र गोविन्द प्रसाद भुसालको नाम पनि सिफारिस भएको छ ।