Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


यी हुन् मन्त्रिपरिपद् बैठकका निर्णय


689
Shares

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ वटा निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सार्वजनिक गरेका छन्।

प्रवक्ता खरेलका अनुसार, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ।

त्यस्तै, नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णयसमेत भएको मन्त्री खरेलले जानकारी दिएका छन्।

मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरू क्रमशः सम्बन्धित मन्त्रालयमार्फत सार्वजनिक गरिने जनाइएको छ।