Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


देशैभरीका भन्सार नाकामा लागू भएको अनलाइन मूल्यांकन डाटा बेस प्रणाली कार्यान्वयनमा


312
Shares

काठमाडाैं। सरकारले भन्सारमा जाँचपासमा लागू हुँदै आएको सन्दर्भ मूल्य पुस्तिकालाई खारेज गरेर अनलाइन मूल्यांकन डाटा बेस प्रणाली कार्यान्वयनमा ल्याएको छ।

साेही प्रणाली कार्यान्वयनमा आएपछि कसरी काम हुन्छ भन्नेमा केही दुविधा पनि देखिएको हाे । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले गत भदौ ८ गतेदेखि विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज हुँदै चोभार र त्रिभूवन विमानस्थल भन्सार कार्यालय लागू गरिएको अनलाइन मूल्यांकन डाटाबेस प्रणाली बाँकी रहेका १८ वटा भन्सार कार्यालयहरुमा कार्यान्वयन गएको बताउनुभयो । भन्सार बिन्दुसम्म आइपुग्दा लागेका सम्पूर्ण खर्चहरु जोडेर कायम हुने मूल्य नै कारोबार मूल्य हो । त्यो मूल्यमा भन्सारले मालवस्तु जाँचपास थालेको छ ।

उहाँकाअनुसार विगतका दिनहरुमा सन्दर्भ मूल्यलाई आधार बनाएर नक्कली बिजकहरु प्रश्तुत हुने गरेका थिए । भन्सार आफैंले सन्दर्भ मूल्यमा कुनैपनि वस्तुको मूल्य मिल्छ भने त्यसमा त्यति खोजीनिति गरिँदैन थियो । तर अब यो प्रणाली लागू भएपछि स्वतः व्यवसायीलाई इमान्दार बन्न दबाब सिर्जना भएको छ । निजी क्षेत्रले नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यता अन्त्य गर्दै व्यवसायी यो परिवर्तनअनुरूप वास्तविक कारोबार र सही कागजात मात्र पेश गरी इमान्दार हुनुपर्ने महानिर्देशक भण्डारीले बताउनुभयो ।

महानिर्देशक भण्डारीले भन्सार प्रशासनसँग विगत २७ वर्षदेखि निजी क्षेत्रले माग गरेको सन्दर्भ मूल्य हटाउनुपर्ने, व्यापारको लागत बढायो र बिलिङहरु जारी गर्न सकेनौं भन्ने व्यवसायीका मागहरु सम्बोधन भएको बताउनुभएकाे छ।