Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


रास्वपाले आज बृहत राजनीतिक समायोजन एकता घोषणा सभा गर्दै


2k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत राजनीतिक समायोजन एकता घोषणा सभा गर्ने भएकाे छ।

रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै साेमबार दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी गराएकाे हाे। यसअघि यहि पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र कुलमान घिसिङ संरक्षण रहेकाे उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो।

साेही सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाकाे बारेमा स्पष्ट पारिने रास्वपाले जनाएको छ।