राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्यमा सातजनालाई मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्यमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शनालगायत सात मनोनीत गरिएकाे हाे ।
आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकबाट उनीहरूलाई मनोनयन गरिएको प्रवक्ता झाले जानकारी दिए ।
“आज पौष २० गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औँ केन्द्रीय समिति बैठकले पार्टी समायोजनपश्चात् आज सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्