Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


भेनेजुएलाको शासन सञ्चालन गर्ने राष्ट्रपति ट्रम्पकाे घोषणा

भेनेजुएलामा अमेरिकी आक्रमण र मादुरोको गिरफ्तारीले विश्वव्यापी निन्दा र चिन्ता पैदा

1.2k
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने र तेल स्रोतहरूको व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ ।

यस सैन्य हस्तक्षेपको विश्वव्यापी रूपमा र संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय कानूनको उल्लंघनको रूपमा आलोचना भइरहेको हाे । अमेरिकी सैन्य छापा र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको गिरफ्तारीपछि अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले भेनेजुएला चलाउने बताउनुभयो । फ्लोरिडाको आफ्नो मार-ए-लागो निजी क्लबमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूहरुले सुरक्षित, उचित र संक्रमण कालीन अवस्थासम्मका लागि देश चलाउने उहाँले बताउनुभएकाे छ।

विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ लगायतका शीर्ष अमेरिकी अधिकारीहरूले भेनेजुएला चलाउन मद्दत गर्न एक टोलीसँग मिलेर काम गर्ने बताउनुभयो । ट्रम्पले थप अमेरिकी सैन्य संलग्नताको सम्भावनालाई नकार्न अस्वीकार गर्नुभयो । आफूहरु प्रत्यक्ष सैन्य उपस्थितिका लागि नडराउने उहाँको भनाइ छ । जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले पत्रकार सम्मेलनमा भेनेजुएलामा ठूलो मात्रामा आक्रमण र मादुरोलाई पक्राउ गरेपछि अमेरिकी सेना त्यस क्षेत्रमा रहने बताउनुभयो । संक्रमणकालमा भेनेजुएलामा अमेरिकी सैन्य उपस्थितिको सम्भावनाको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफूहरु तेलसँग सम्बन्धित विषयमा भेनेजुएलामा उपस्थित हुने बताउनुभएकाे छ।

राष्ट्रपति ट्रम्पले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको ऊर्जा पूर्वाधार कब्जा गर्न र लगानी गर्न अनुमति दिने र देशका लागि पैसा कमाउन शुरु गर्ने योजना बनाएको बताउनुभयो ।उहाँले आफूहरुले जमिनबाट ठूलो मात्रामा सम्पत्ति निकाल्ने र त्यो सम्पती भेनेजुएलाका जनता र भेनेजुएलामा बस्ने गरेका बाहिरका मानिसहरूमा जाने बताउनुभयो । मादुरोलाई हिरासतमा लिएर र महिनौंको सैन्य दबाब अभियान शुरु गरेर ट्रम्पले आफ्नो प्रशासनले १९औं शताब्दीको सुरुमा ल्याइएको मोनरो डक्ट्रिनलाई अतिक्रमण गरेको बताउनुभयो ।

भेनेजुएलामा हालैका अमेरिकी आक्रमण र मादुरोको गिरफ्तारीले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको छ ।