Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


रवि, कुलमान र बालेनबीच भेटवार्ता


2.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिबार राति भेटवार्ता भएको स्राेतले जनाएकाे हाे। साेही भेटवार्ताका क्रममा समानुपातिकको बन्दसूचीमा देखिएका समस्या, पार्टी समायोजनको खाका र पार्टीको कामलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको निकटस्थ स्रोतले जानकारी दिएको छ । त्यस्तै, रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका तत्कालीन नेताहरू पनि अहिले बनस्थलीस्थित केन्द्रीय कार्यालयमा छलफलमा जुटेका छन् ।

रास्वपा केन्द्रीय कार्यालय, बनस्थलीमा अहिले दुवै पक्षका नेताहरूबीच छलफल चलिरहेको नेता जितराम लामाले बताउनुभयाे। ।उनेपाको एउटा समूह रास्वपासँगको एकतामा प्रश्न उठाउँदै आएको छ । उक्त समूह शुक्रबार मात्रै निर्वाचन आयोगमा बेग्लै समानुपातिकको सूची समेत बोकेर पुगेको थियो ।

समानुपातिक सूचीमा देखिएको समस्याबीच तीन शीर्ष नेताहरूले छलफल गरेका हुन् ।