काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधान अनुसार यहि पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दावी गर्नुभएको छ ।
सानेपामा शुक्रबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो दावी गर्नुभएको हो । केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधान अनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई-तीन दिनभित्रै टुंगोमा लाग्ने उहाँको भनाइ छ । पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले बैठकमा आफूले फरक मत राखेको उहाँको भनाइ छ ।
महामन्त्री थापाले पुस मसान्तभित्र हुने विशेष महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्ने समेत जिकिर गर्नुभयो । उहाँले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।





प्रतिक्रिया दिनुहोस्