काठमाडौं । आगामी फागुन २१ गतेका लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ यहि पुस १३ र १४ गते राजनीतिक दलहरूले बुझाएको बन्दसूचीको नाम २ वटा अवस्थामा परिवर्तन गर्न पाइने निर्वाचन आयोगले जनाएको छ।
आयोगले तयारीकाे बारेमा शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न मिल्ने नमिल्ने बारेमा व्यापक चासो रहेको भन्दै २ वटा अवस्थामा मात्र नाम परिवर्तन गर्न मिल्ने बताउनुभयाे ।
उॅहाँले भन्नुभयाे,-‘बन्दसूची परिवर्तन हुन्छ हुँदैन, नाम फेर्न पाइन्छ पाइँदैन भन्ने कुरामा आम जिज्ञासा रहेको पाइन्छ । नाम परिवर्तन गर्न पनि पाइन्छ तर दुई वटा अवस्थामा र एउटा समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले गर्न पाइन्छ । दोस्रो कुनै उम्मेदवारले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को नाम पठाउन मिल्छ ।’
यहि पुस २८ गते सम्बन्धित उम्मेदवारले नाम फिर्ता लिन चाहनेलाई समय दिएको बताएको छ । नाम फिर्ता लिएको अवस्थामा आयोगले सम्बन्धित दललाई सूचना गर्ने र जसले त्यो ठाउँमा अर्को व्यक्ति दलले पठाउन पाउने प्रवक्ता भट्टराईले बताउनुभयाे। बन्दसूचीको प्रारम्भिक नामावली आगामी माघ ४ गते सार्वजनिक गर्नेछौं भने अन्तिम नामावली माघ २० गते प्रकाशित गरिने समेत उहाँले बताउनुभयाे।





प्रतिक्रिया दिनुहोस्