Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


कांग्रेसभित्र महामन्त्रीद्वय थापा र शर्माकाे विज्ञप्तिले ल्यायाे तरंग

केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक अघि दुवै पक्ष आन्तरिक छलफलमा व्यस्त

2.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार साँझ नियमित महाधिवेशन स्थगन भएको भन्दै संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको बाटोमा अघि बढेपछि शुक्रबार कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार दिउँसाे ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे छ।

त्यसअघि रणनीति बनाउन दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल जारी रहेको एक नेताले बताएका छन्य ता विशेष महाधिवेशनका लागि बिहीबार हल बुक गरेर धुलिखेल लागेका महामन्त्री थापा पनि काठमाडौं फर्किएर आफूनिकटका नेताहरूसँग निरन्तर छलफल गरिरहनुभएकाे हाे।

शुक्रबारै विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै अब कांग्रेससँग विशेष महाधिवेशन बाहेक अन्य कुनै विकल्पमा नरहेको अडान सुनाएका छन्। महामन्त्रीहरू विशेष महाधिवेशनको बाटोमा अघि बढेपछि सभापति शेरबहादुर देउवाले पनि सक्रियता बढाउनुभएकाे छ।

सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसहित आफूनिकट नेताहरूसँग निरन्तर संवादमा रहनुभएकाे हाे।

Skip This