Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


सबै नेपालीलाई जोड्न सक्ने एकताको प्रतिक राष्ट्रिय झण्ड: सञ्चारमन्त्री खरेल


117
Shares

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा रहेको बताउनुभएको छ।

काठमाडाैंमा बिहीबार राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय झण्डाप्रति सबैको सम्मान र गरिमा रहेको बताउनुभयो । देशको पहिचान जोगाउन सबै लागिपर्नुपर्ने बताउदै उहाँले विश्वमा देशको पहिचान जोगाउनुपर्ने बताउनुभएकाे छ ।

मन्त्री खरेलले पोशाक दिवसलाई राष्ट्रिय दिवसको रुमपा मनाउने पहलमा आफू निरन्तर लागिपर्ने समेत बताउनुभयो ।