Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


अफ्रिका कप फुटबलमा समूह चरण सकियो


143
Shares

काठमाडौं ।
मोरक्कोमा जारी अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा समूह चरणका खेलहरु सकिएका छन् ।

गएराति भएको समुह चरणका अन्तिम खेलहरुमा आइभोरी कोष्ट, क्यामरुन, बुर्किना फासो र अल्जेरिया विजयी भए । समुह ‘ई’ को खेलमा अल्जेरियाले इक्वेटोरियल गिनीलाई ३–१ ले हराउँदा बुर्किना फासोले सुडानमाथि २–० को जित निकाल्यो ।

यसैगरि समुह ‘एफ’ का खेलहरुमा आइभोरी कोष्टले गाबोनलाई ३–२ ले हराउँदा क्यामरुनले मोजाम्बिलाई २–१ ले पाखा लगायो ।

गएरातिका खेलहरुपछि अफ्रिका कपको राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ वटा टोलीहरुको टुंगो लागेको छ । नकआउट चरणका खेलहरु शनिवारदेखि हुनेछन् । पहिलो दिन सेनेगल र सुडान खेल्दा मालीले ट्युनिसियाको सामना गर्नेछ ।