Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


जेनजी विद्राेहपछि राजसंस्था पुनःस्थापना गर्न शीर्ष २ नेताले फोन गरेर आग्रह गरेकाे अध्यक्ष थापाकाे दावी


1.3k
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले आफूलाई फोन गरेर राजसंस्था पुनःस्थापनको प्रयास गर्न आग्रह गरेको दावी गर्नुभएकाे छ।

काठमाडौंमा बुधबार आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले देश संकटमा परेको भन्दै राजसंस्थालाई पुनःस्थापना गर्न प्रयास गर्न आग्रह गर्दै ती शीर्ष नेताहरुले त्यसको लागि राजनीतिक वातावरण बनाइदिने बताएको उल्लेख गर्नुभयो । उहाँले तत्कालीन समयमा आफूसँग प्रयास गर्ने हैसियत र सम्भावना पनि नभएको कारण केही गर्न नसकेको जिकिर गर्नुभएकाे छ । उहाँले राजनीतिक दलका शीर्ष नेताहरुको नाम भने खुलाउनु भएकाे छैन।

अध्यक्ष थापाले जेनजी आन्दोलन राष्ट्रवादी शक्तिहरूबीचको एकताको उत्प्रेरक समेत बताउनुभयो ।