Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


जेनजी क्रान्तिले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तन बिना सम्भव छैनः नेता लोहनी


78
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा देखिएका विद्यमान समस्याको समाधान राजनीतिक संरचनागत परिवर्तनबिना सम्भव नहुने बताउनुभएको छ।

काठमाडौंमा बुधबार आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी क्रान्तीले उजागर गरेका समस्याहरू समाधान गर्न राज्यको संरचनामै परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तो परिवर्तनको संवाहक बन्न राजनीतिक शक्तिहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले आपसी एकताले त्यसलाई थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभएकाे छ ।

नेता लाेहनिले दुवै पक्षबीच आपसी विश्वास कायम गर्दै मुलुक र जनताको हितका लागि एकता दिगो रहोस् भनेर शुभकामना समेत दिनुभएकाे छ।