Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


रवि, बालेन र कुलमान लक्षित ओलीको टिप्पणीः ‘कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन’

'को लोकप्रिय छ भन्ने कुराकाे परीक्षण आगामी निर्वाचनबाट हुनेछ'

442
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडाैं महानरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालाे नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड भनेर टिप्पणी गर्नुभएको छ।

काठमाडाैंमा मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर जित्न नसक्ने बताउनुभएकाे हाे।

एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरुले सहकार्य गर्नुपरेको उहाँकाे जिकिर छ। अध्यक्ष ओलीले नेपाली कांग्रेस र एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरुले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दावी समेत गर्नुभयो । उहाँले को लोकप्रिय छ भन्ने कुराकाे परीक्षण आगामी निर्वाचनबाट हुने समेत बताउनुभयो। उहाँले लोकतन्त्र पराजित नहुने भएकाले आफूहरुले आगामी निर्वाचनमा विजय सुनिश्चित भएको जिकिर समेत गर्नुभएकाे छ।

अध्यक्ष ओलीले घैंटाको पानीले महासागरसँग प्रतिष्पर्धा गरे जस्तो एमालेसँग सहकार्यमा रहेका पार्टीले गर्नुपर्ने दावी समेत गर्नुभयो ।