Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


समानुपातिक निर्वाचनतर्फ ६४ राजनीतिक दलले ५८ निर्वाचन चिह्नमा चुनाव लड्दै (सूचीसहित)


468
Shares

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् ।

साेही दलहरूले ५८ वटा चुनाव चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची पेश गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएकाे हाे। आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार यहि पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तोकेको थियो ।

बन्दसूची पेश गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा राजनीतिक दलले आ-आफ्नो निर्वाचन चिह्नमा र १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेकाे प्रवक्ता भट्टराईले बताउनुभयाे। समानुपातिकतर्फ १ सय १० जना निर्वाचित हुने उहाँले बताउनुभएकाे छ। नेपालको संविधानको धारा ८४ को १(क)मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १ सय ६५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुने भएका छन् ।

सोही धाराको १(ख) मा समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुने व्यवस्था रहेकाे छ ।