Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


सेयर बजारमा आज उत्साहजनक वृद्धि

५ अर्ब ५३ करोड रूपैयाँ बराबरको कारोबार

169
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार उत्साहजनक वृद्धि देखिएको छ।

आइतबार बजार ४७ दशमलव ५५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ४२ को विन्दुमा पुगेर बन्द भएको हाे। यो १ दशमलव ८३ प्रतिशतको वृद्धि हो। बजारमा ३ सय २८ कम्पनीका १ करोड ३४ लाख कित्ता सेयर ८९ हजार २ सय ५१ पटक किनबेच हुँदा कूल ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य उकालो लागेको छ । कूल सूचीकृत कम्पनीमध्ये २ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ । २१ कम्पनीको मूल्यमा गिरावट आएको हाे । बाँकी कुनै पनि कम्फनीको मूल्य स्थिर रहेकाे छैन । बजारमा सबै समूहका परिसूचक बढेका छन् । डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनी समूहमा २ प्रतिशत भन्दा माथि बढ्दा म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबैमा एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ।

बजारको टप गेनरको सूचीमा जलविद्युत कम्पनीहरूको वर्चस्व देखिएको हाे। मिड सोलु हाइड्रोपावरमा ९ दशमलव ४९ प्रतिशत, जोशी हाइड्रोपावरमा ६ दशमलव ९७ प्रतिशत र अपर स्याङ्गे हाइड्रोपावर ६दशमलव ५२ प्रतिशत तथा रुरु जलविद्युतमा ५ दशमलव १६ प्रतिशत वृद्धि भएको छ । बजारको उच्च वृद्धिका बाबजुद विन नेपाल लघुवित्तको मूल्यमा १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किट लागेको हाे ।

कारोबार रकमका आधारमा आज अपर नेपाल हाइड्रोपावर अग्रस्थानमा रहेकाे छ। यस कम्पनीको २७ करोड ६० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो। त्यस्तै, मञ्जुश्री फाइनान्सकोको २४ करोड ८९ लाख र सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ।