Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


दीक्षा बुढाऐर ‘धनगढी डान्स च्याम्पियनसिप–४’ को फाइनलमा


0
Shares

धनगढी । धनगढीमा सञ्चालन भइरहेको नृत्य प्रतियोगिता ‘Dhangadhi Dance Championship Season 4’ को फाइनल चरणमा एक सशक्त प्रतिस्पर्धीका रूपमा दीक्षा बुढाऐर पुगेकी छिन्।

अन्य प्रतिस्पर्धीसँगै दीक्षाको प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरिरहेको छ। कैलालीको गौरीगंगा नगरपालिका–८, मसुरिया निवासी दीक्षा हाल बिहानी क्षितिज इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्। सानै उमेरदेखि नृत्यप्रति रुचि राख्छिन् छिन्। विद्यालयका विभिन्न कार्यक्रममा पनि उनले उत्कृष्ट नृत्य प्रस्तुति दिँदै आएकी छिन्।

धेरै प्रतिस्पर्धात्मक चरणहरू पार गर्दै अघि बढेको यो नृत्य प्रतियोगिताको ग्रान्ड फिनाले यही पुस २५ गते हुने तय गरिएको छ। प्रतियोगिताका मुख्य निर्णायक कोरियोग्राफर दीप श्रेष्ठ रहनु भएको छ। तर, निर्णायकका अनुसार प्रतियोगिताको अन्तिम नतिजा भने शतप्रतिशत दर्शकको भोटका आधारमा तय गरिनेछ।

फाइनल नजिकिँदै गर्दा दीक्षाको आत्मविश्वासपूर्ण प्रस्तुति र मेहनतले उनलाई उपाधिको बलियो दाबेदारका रूपमा स्थापित गरेको छ।