Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


कांग्रेस फेरि महाधिवेशनको भूँभरीमा फस्याे (भिडियाे रिपोर्ट)

विशेष महाधिवेशन अनिवार्य बनेको महामन्त्रीद्वयको निष्कर्ष, संस्थापन पक्ष भने चुनाव अघि महाधिवेशन नगर्ने खेलमा

403
Shares

काठमाडौं । नेपाली कांग्रेस फेरि महाधिवेशनको भूँभरीमा फसेको छ।

यहि पुस अन्तिम साता १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको कांग्रेसभिक्र त्रियाशील सदस्यता वितरण नै नटुंगिएको भन्दै संस्थापन पक्ष महाधिवेशन सार्नुपर्ने अडानमा रहेकाे हाे । उता, महामन्त्री गगन थापा समूहले अब विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्ष निकाल्न थालेको छ। पार्टीको महाधिवेशन भएन भने संसदीय निर्वाचनमा समेत भाग नलिने घोषणा महामन्त्री थापाले गरेका छन् । जसका कारण कांग्रेस महाधिवेशनको भूँमरीमा फस्ने देखिएको हाे ।

महाधिवेशनको मिति तय गरेर साम्य भएको विशेष महाधिवेशनको विषय पुनः जोडतोडले उठेको छ । क्रियाशील सदस्य टुङ्ग्याउने जिम्मेवारी पाएको महामन्त्री गगन थापा समुहको बुझाइ संस्थापन पक्षको असहयोगका कारण विवाद बल्झिरहेको भन्ने छ । यसरी महाधिवेशनको वातावरण नबनेपछि यो समूहले विशेष महाधिवेशनको विषयलाई समेत संस्थागत गर्न खोजेको हाे । केही गर्दा पनि संस्थापन पक्ष मान्ने स्थितिमा नदेखिएपछि थापाले यदि महाधिवेशन विनै निर्वाचनमा गए आफू चुनावमा नउठ्ने जनाउ पनि पार्टीभित्र दिनुभएकाे छ। यहि अवस्थामा महामन्त्री थापा निर्वाचनमा सहभागी नहुने कांग्रेस युवा नेता डिल्ली सुवेदीले बताउनुभयाे।

महामन्त्री पक्षले विशेष महाधिवेशनको स्मरणपत्र नै बुझाएर यदि नियमित महाधिवेशनमा नजाने हो भने यसलाई ब्यूँझाउने तयारी पनि गरिसकेको छ। विशेष महाधिवेशनको माग गर्दै यस अगाडि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर बुझाइसकेका छन् । यस्तो अवस्थामा नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवशनको एजेण्डा जिवित नै रहेको भन्दै पुसभित्रै विशेष महाधिवेशन गरिछाड्ने अडानमा थापा समूह छ ।

यसरी महाधिवेशन विना चुनावमै भाग नलिनेसम्मको कुरा उठ्दा पनि संस्थापन पक्षलाई भने त्यसले कुनै फरक नपार्ने कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेकाे दावी छ। महाधिवेशनको विवादले दल विभाजन त हुँदैन भन्नेसम्मको अवस्थामा पुगेको कांग्रेस महाधिवेशनको कार्यतालिकासँगै मिल्ने स्थितिमा पुगेको थियो । तर संस्थापन पक्षले क्रियाशील सदस्यता वितरणमा ढिलाई गरेर महाधिवेशन सार्ने खेल खेल्दा कांग्रेस नयाँ विवादमा फसेको युवा नेता सुवेदीकाे तर्क छ।

निर्वाचनको मिति समेत नजिकिदै जाँदा जुन तहको विवाद देखिएको छ। यसले कांग्रेसको आगामी गतिविधि के मा केन्द्रित हुन्छ त भन्नेमै अन्योल बढेको हाे ।

भिडियाे रिपाेर्ट: