Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


जेनजी विद्राेह: सुदूरपश्चिम प्रदेशसभा पुनर्निर्माणमा ढिलाइ हुँदा बैठक स्थगित


0
Shares

काठमाडाैं। जेनजी आन्दोलनमा ध्वस्त भएको सुदूरपश्चिम प्रदेश सभा पुनर्निर्माणमा ढिलाइ हुँदा शुक्रबार बस्ने भनिएकाे बैठक स्थगित भएकाे छ।

सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिले शुक्रबार दिउँसो २ बजेलाई प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको थियो । तर, अहिलेसम्म पनि प्रदेश सभा पूर्ण रूपमा तयार भइसको छैन । प्रदेश सभा भवन तयार नहुँदा शुक्रबारलाई आह्वान गरिएको बैठक नबस्ने सभामुख भीम भण्डारीले जानकारी दिनुभयाे ।

तर केही प्राविधिक कामहरू अझै पूरा नभएका कारण शुक्रबार बैठक नसकेकाे उहाँले बताउनुभएकाे छ। ११ गतेलाई बैठक आह्वान गर्ने निर्णय गरिए पनि त्यसको सूचना प्रदेश सभा सचिवालयले जारी गरेको थिएन ।

जेनजी आन्दोलनपछि प्रदेश सभा बैठक बस्न सकेको छैन । सभामुख भण्डारीका अनुसार सोमबारभित्र सबै काम सम्पन्न हुने र त्यसपछि बैठक आह्वान गरिने उहाँकाे भनाइ छ।