Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


143
Shares

काठमाडौं ।
चितवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका– १ गर्दीका २० वर्षीय तृशल महतो रहेका छन् ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका– ९ टिकौली जंगलनजिक दुर्घटना भएको हो । दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल र मोटरसाइकलमा सवार १९ वर्षीय अंकित महतो घाइते भएका थिए ।

घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अंकितको सोही अस्पतालमा उपचार भइरहेको छ ।