Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


चलचित्र ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ नामक गीत सार्वजनिक


312
Shares

काठमाडौं । विजय केरूङ निर्देशित एक्सन-सस्पेन्स फिल्म ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ नामक गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

क्रिसमसको अवसर पारेर बिहीबार सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइलीको नृत्य रहेकाे हाे। लोकलयमा आधारित गीतले प्रेमकथा भनेको छ। एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको गीत ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको हो। ‘दिव्यासी फिल्मस्’ को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतको भूमिका रहेकाे छ।

दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन् । साेही चलचित्र आगामी माघ ९ गतेदेखि रिलिज हुने जनाइएकाे छ।