Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


तत्काल निर्वाचनको कुनै पनि सम्भावना छैनः अध्यक्ष ओली


702
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनुभएको छ।

काठमाडौंमा बिहीबार पार्टीको ११ औं महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नेताहरुमाथि प्रतिवन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पाैडैलसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत खुलाउनुभएकाे छ।

अध्यक्ष ओलीले निर्वाचनको लागि वातावरण नबनेको कारण आफूहरु विघठित संसद पुनःस्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय जेनजी काममा समाजमा भय र त्रास सिर्जना गर्ने काम गरिएको समेत टिप्पणी गर्नुभएकाे छ। उहाँले जेनजीका नाममा नवयुवाहरुको नाम बेचेर केही छट्टु टाठाबाठाहरुले खाइरहेको टिप्पणी समेत गर्नुभयो ।