काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औं दीक्षान्त समारोहमा १६ हजार ३ सय भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।
साेही समारोहमा बिहीबार प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगतका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन् । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह समेत गरी ८९ हजार १ सय १ विद्यार्थी उत्तीर्ण भएका छन् ।
दशरथ रंगशालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक बिहीबार नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि रहनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्