Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


ओलीको बालेन लक्षित टिप्पणी: ‘देशमा चर्चित भनिएका मान्छे नै नसामा भेटिन्छन्’

मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह

286
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा बिहीबार पार्टीको ११ औं महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरु समेत नसामा भेटिने गरेको उहाँको भनाइ छ।

उहाँले युवाहरुले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रश्तुत गर्न नसक्नु मुलुककै लागि समस्या विषय भएको बताउनुभयो । उहाँले एमालेमा आवद्ध युवाहरु यस्तो दुर्व्यसनीमा नरहेको समेत जिकिर गर्नुभयो । उहाँले पार्टीको ११ औं महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरुको कार्यसम्पदानको प्रशंसा गर्दै धन्यावाद समेत ज्ञापन गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।