Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


तत्कालीन गृहमन्त्री लेखकलाई आयाेगमा बयान दिन जान कांग्रेस नेताकाे सुझाव


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयान लागि बोलाइएको विषयमा पनि छलफल भएको छ।

सानेपामा बुधबार बसेको साेही समितिको बैठकमा गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको आयोगले बयानका लागि बोलाएको विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे हाे। बैठकमा अधिकांश नेताहरूले लेखकलाई बयान दिन जाँदा राम्रो हुन्छ भनेर सुझाव दिएको उहाँले जानकारी गराउनुभएकाे छ।

आयोगले लेखकलाई बयानमा आउन पत्र समेत पठाएको छ। बयान दिने मनस्थितिमा रहेका लेखकलाई पार्टी सभापति शेरबहादुर देउवाले भने नजान दबाब दिइरहेको कांग्रेसकै केही नेताले बताएका छन्।