Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सिन्धुलीमा ३० हजार मेट्रिक टन तोरी उत्पादन हुने (तस्वीरसहित)


221
Shares

सिन्धुली ।

गत वर्षको तुलनामा तोरी खेतीका लागि उपयुक्त मौसम भएकाले यसवष सिन्धुलीमा ३० हजार मेट्रिक टन तोरी उत्पादन हुने देखिएको छ ।

किसानहरुले धान भित्र्याएपछि खेत जोतखन गरेर लगाएको तोरी खेती सप्रिएर सो अनुपातमा उत्पादन हुने अुमान गरिएको हो ।बजारमा आयातित तेलको तुलनामा किसानहरुले आफै उत्पादन गरेको तोरी पेलेर उत्पादन गरेको तेल प्रयोग गर्दा मानव स्वास्थ्यमा फाइदा हुने भएपछि पछिल्लो समयमा तोरीको माग बजारमा बढेर गएको छ ।

सिन्धुली जिल्लाको कमलाखोचमा उत्पादन भएको तोरी जिल्ला सदरमुकाम सिन्धुलीमाडीका साथै छिमेकी विभिन्न जिल्लाहरुका व्याफारीहरुले बिक्री–वितरणमा लैजाने गर्दछन् । सिन्धुलीको कमलाखोचमा लगाइने तोरीका जातहरुमा त्रमशः सरस्यू,रैची,सानोतोरी र ठूलोतोरी मध्धे रैची र ठूलो तोरीको खेती अत्यधिक हुने गरेको छ ।

जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीका अनुसार यसवर्ष सिन्धुली जिल्लाको कमलाखोच क्षेत्रमा ५० हजार मेट्रिक टन तोरी उत्पादन गर्ने अनुमान गरिएको छ । उत्पादित तोरीको बिक्री वितरणबाट करिव ५ करोड रुपैया आम्दानी हुने समेत अनुमान गरिएको छ । तोरीको खेतीले सिन्धुली जिल्लाको कमलाखोच क्षेत्रका किसानहरुको आर्थिक जीवनस्तर माथि उकास्न समेत मद्वत पुगेको छ ।

विगत परम्परागत रुपमा गरिने अन्य अन्न वालीको तुलनामा व्यवस्थित रुपमा गरिने तोरीको खेतीले बढी आम्दानी हुने र जीविको पार्जनमा समेत सहज भएको छ ।