Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


इन्डोनेसियामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु


104
Shares

एजेन्सी। इन्डोनेसियाको एक प्रमुख राजमार्गमा बस दुर्घटना हुँदा करिब १६ जनाको मृत्यु भएकाे उद्धारकर्ताहरूले बताएका छन्।

राजधानी जकार्ताबाट साेमबार योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा साेही दुर्घटना भएको हो। स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत अवस्थामा मोडमा पुगेको थियो । मोड पार गर्ने क्रममा बस सडकको अवरोधसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको उनले जारी विज्ञप्तिमार्फत बताएका छन्।

घटनास्थलबाट ३४ जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका बुडियोनोले जानकारी दिएका हुन् । उनका अनुसार १५ जनाकाे घटनास्थलमै मृत घोषित गरिएको थियो। गम्भीर घाइते एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको समेत उनले बताएका छन्। साेही दुर्घटनामा परेका अधिकांश घाइतेलाई उपचारका लागि सेमरङ सहरका विभिन्न अस्पतालमा लगिएको थियाे। उद्धार एजेन्सीले सार्वजनिक गरेको भिडियो फुटेजमा बस छेउमा पल्टिएको अवस्थामा देखिन्छ।

उद्धारकर्मीहरूले पीडितहरूलाई बडी ब्यागमा राख्दै स्थानान्तरण गरिरहेका दृश्यहरू देख्न सकिन्छ।