काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबै भन्दा प्रमुख रहेको बताउनुभएको छ।
सिंहदरबारमा साेमबार सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। निर्वाचनमा शान्ति सुरक्षा र प्रचारप्रसारको विषय प्रमुख रहेको बताउनुभयो। भयरहित वातावरणमा सहभागिता, नेताहरुको, पार्टीहरुको र उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको बताउनुभएकाे छ। उहाँले अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरुको प्रतिवद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको बताउनुभयो।
सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको नेता खनालले बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्