Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


ओलीको शैलीमा पार्टी भित्रैबाट विरोध (भिडियाे रिपाेर्ट)


455
Shares

काठमाडौं । नेकपा एमाले पछिल्लो एक दशकदेखि अध्यक्ष केपी शर्मा ओलीले जे भन्छन् त्यसैको वरिपरि मात्रै छ । ओलीको बोली नै विधि बन्ने थिती एमालेमा बन्यो । ११ ‌औँ महाधिवेशनको उद्घाटन सत्रपछि समेत यसले निरन्तरता पायो । विधान महाधिवेशनले पारित गरेको नीतिलाई तीन महिना नबित्दै बहुमतको भरमा संशोधन गरियो ।

अध्यक्ष पदमा विजयी भइसकेपछि महाधिवेशन समापन देखिनै ओलीले पुरानो शैलि अपनाइ सकेका छन । जो पहिलो केन्द्रीय समितिमा समेत देखियो । महाधिवेशनमा इश्वर पोखरेल पक्षको चुनौतीका बिच ओली प्रवृत्तीमा सुधार नदेखिएपछि पार्टी अब कसरी अगाडी बढ्ला भन्ने चासो छ ।

एघारौ महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बनेपछि अधिवेशन समापन कार्यक्रममै ओली आक्रामक सुनिए । नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका ओलीले सरकार ठाल्नेदेखि ढाल्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन सम्मै दिन भ्याए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष भएकै दिन दिएको यो अभिव्यक्तिले ओलीको शैलिमा परिवर्तन नहुने छनक देखियो ।

यति ठुलो आन्दोलन र आन्दोलनबाटै विस्थापन भएका नेताले जुन खालको भड्काउपूर्ण अभिव्यक्ति दिए त्यसले राष्ट्रिय राजनीतिमा समेत असर पर्न सक्ने जोखिम देखिएको छ । यो विषयलाई नेकपा एमाले भित्रैको अर्को समुहले समेत आलोचना गरेको छ ।