Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


साफ महिला क्लब च्याम्पियनसिपको उपाधी ईस्ट बंगाललाई


169
Shares

काठमाडौं ।
महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगाल एफसीले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा भारतीय क्लबले घरेलु टोली एपीएफलाई ३–० गोलले पराजित गरेको हो । योसँगै इस्ट बंगाल अपराजित रहँदै उपाधि उठाउन सफल भएको छ ।

एपीएफ भने फाइनलमा गएर चुकेको छ । यसअघि लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

लिग चरणमा दुई खेलमा जित र २ बराबरीसहित एपीएफ शीर्ष दुईमा रहेर फाइनलमा पुगेको थियो । इस्ट बंगालले भने एपीएफबाहेक अन्य टोलीलाई हराउँदै शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो ।