काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा एकको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् ।
मार्मा गाउँपालिका–३ भसेमा शनिबार राति ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार सुपप्र ०१००१च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको हाे । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको हो । सोही जीपका चालक माधव महरा घाइते भएका छन् । घाइते महराको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइराखेको छ । चालकसहित दुई जनामात्र सवार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।





प्रतिक्रिया दिनुहोस्