काठमाडाैं। नेकपा एमाले पछिल्लो एक दशकदेखि अध्यक्ष केपी शर्मा ओलीले जे भने त्यसैको वरिपरि मात्रै छ।
ओलीको बोली नै विधि बन्ने थिति एमालेमा बनेकाे हाे। एघारौं महाधिवेशनको उदघाटन सत्रपछि समेत यसले निरन्तरता पायो । विधान महाधिवेशनले पारित गरेको नीतिलाई ३ महिना नबित्दै बहुमतको भरमा संशोधन गरियो । अध्यक्ष पदमा विजयी भइसकेपछि महाधिवेशन समापन देखिनै ओलीले पुरानो शैली अपनाइसक्सनुभएकाे छ। जो पहिलो केन्द्रीय समितिमा समेत देखियो। महाधिवेशनमा ईश्वर पोखरेल पक्षको चुनौतीकाबीच ओली प्रवृत्तिमा सुधार नदेखिएपछि पार्टी अब कसरी अगाडि बढ्ला भन्ने चासो छ।
एघारौं महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बनेपछि अधिवेशन समापन कार्यक्रममै ओली आक्रामक रुपमा प्रस्तुत हुनुभएकाे छ। नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका ओलीले सरकार ठाल्नेदेखि ढाल्नका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसम्मै दिन भ्याउनुभयाे।
ओलीले तेस्रो पटक अध्यक्ष भएकै दिन दिएको यो अभिव्यक्तिले ओलीको शैलिमा परिवर्तन नहुने छनक देखियो । यति ठूलो आन्दोलन र आन्दोलनबाटै विस्थापन भएका नेताले जुन खालको भड्काउपूर्ण अभिव्यक्ति दिएपछि त्यसले राष्ट्रिय राजनीतिमा समेत असर पर्न सक्ने जोखिम देखिएको छ। यो विषयलाई एमालेभित्रैको अर्को पोखरेल समूहले समेत आलोचना गरेको छ।
पछिल्लो घटनाक्रमले नेकपा एमाले भित्र पहिले जस्तो जे भन्यो त्यो सर्वस्वीकार्य भने नहुने नश्चित छ। महाधिवेशनमै ओलीलाई प्यानल नै बनाएर चुनौति दिने अवस्थाले पनि विस्तारै एमाले भित्रैबाट पनि प्रश्न उठाउन शुरु भएको छ । तर उहाँ संख्यात्मक रुपमा केन्द्रीय कमिटीमा झनै शक्तिशाली जस्तै देखिनुभएकाे छ।
एमाले संसद पुनःस्थापनाको पक्षमा र निर्वाचनको विपक्षीमा देखिएको छ। ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत यो विषयमा सहमत बनाउनुभएकाे छ। जसले गर्दा ओलीले अब पछिल्लो आन्दोलनलाई अस्वीकार गर्ने र पार्टीभित्र पुरानै रबैया अगाडि बढाउन खोजेको देखिएकाे हाे। जसले पुनः राष्ट्रिय राजनीतिमा समेत असर पुराउन सक्ने देखिन्छ ।





प्रतिक्रिया दिनुहोस्