Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कर्णालीसहित २ प्रदेशमा आज पश्चिमी वायूको प्रभाव


650
Shares

काठमाडौं। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोहो।

त्यस्तै, शनिबार दिउँसो भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा हुने भएको हो।

त्यस्तै, शनिबार राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।