Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द


364
Shares

काठमाडौं। प्रतिकूल मौसमका कारण शुक्रबार आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द भएका छन् ।

बुद्ध एयरले जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा शुक्रबार उडान नै हुन नसकेको जनाएकाे हाे। प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभाति रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरे पनि भैरहवामा जहाज उड्न नसक्दा चितवनको भरतपुर विमानस्थलका लागि उडाइएको छ।

तराईका भू-भागमा बाक्लो हुस्सु लागेका कारण भिजिविलिटी नपुग्दा उडान तथा अवतरण प्रभावित बनेको हो । नसका कारण हजारौं यात्रु प्रभावित भएका छन्।