Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


मौलिक पहिचान बोकेका कला, सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्ने प्रतिबद्धता


0
Shares

काठमाडौं, असोज ७ । नेपालको मौलिक पहिचान बोकेका धार्मिक र सांस्कृतिक कला, सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्ने प्रतिबद्धता प्रदेश सासंदहरुले जनाएका छन् ।

‘दी प्याखँ’को सम्बन्धमा आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा ३ नम्बर प्रदेशका सांसदहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुले नेपालमन्डल नेपालकै पहिचान भएकाले ‘येँयाः पुन्हि’लगायत यहाँका धार्मिक र सांस्कृतिक सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्दै लैजानुपर्नेमासमेत जोड दिए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले देवीनाच, दी प्याखँलगायतका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्न महानगर तयार रहेको बताए ।

हाल दी प्याखँ नाचको ऐतिहासिक आगमघर व्यक्तिको नाममा दर्ता भएकाले सो घर खरिद गर्न आर्थिक संकलनका लागि सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।