काठमाडौं। नेकपा एमालेको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री र सुहाङ नेम्वाङ विजयी भएका छन् ।
बिहीबार सम्पन्न भएकाे निर्वाचनको मतपरिणाम अनुसार झाँक्रीले १ हजार ९ सय ११ र नेम्वाङले १ हजार ७ सय २१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको हाे। नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा एमालेको ११औं महाधिवेशन भएको थियो ।





प्रतिक्रिया दिनुहोस्