Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि भएको मतदान २२ घण्टापछि सम्पन्न

मतगणना शुरू भएको ३ घण्टामा सबै मतपरिणाम आउने

1.1k
Shares

काठमाडौं। नेकपा एमाले ११औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

सोही मतदान बिहीबार बिहान ७ बजे सम्पन्न भएको एमालेको निर्वाचन आयोगले जनाएको हो। मतदान सम्पन्न भएसँगै मुचुल्का उठाउने काम शुरु भएको छ। मतगणना शुरु भएको ३ घण्टाभित्रमा सम्पूर्ण मतपरिणाम आइसक्ने जानकारी आयोगले दिएको हो। कूल मतदाता २ हजार २ सय ६३ रहेकोमा २ हजार २ सय २७ मत खसेको थियो। ३६ जना भने मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।

बुधबार बिहान सवाँ ९ बजेदेखि शुरु भएको मतदान बिहीबार बिहान ७ बजे सम्पन्न भएको हो। एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान गर्न २२ घण्टा समय लागेको आयोगले जनाएको छ ।