काठमाडौं। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेकाे छ।
तर मतलदान जारी रहँदा मतदातालाई भने समस्या भएको हाे। कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमा भन्दा छिटो मतदान हुने भनिएता पनि उम्मेदवार धेरै हुँदा मतदातालाई आपत आइलागेको छ। एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ मिडिया सेन्टरमा बोल्दै आफ्नो प्यानलका उम्मेदवार चिन्नै महाधिवेशन प्रतिनिधिलाई मुस्किल परेको बताउनुभयाे।
बुधबार बिहान सवाँ ९ बजेदेखि मतदान शुरू भएयता साँझ ५ बजेरसम्म ८ सय २ मत खसेको छ। मतदान गर्न नसकेर मतदाता असिनपसिन हुनुका साथै केही त बेहोस समेत भएकाे उहाँकाे भनाइ छ। को र कति संख्यामा बेहोस भएकाे भनेर भन्न नमिने तर उनीहरूलाई मेडिकल टिमले तत्कालै प्राथमिक उपचार गरेको समेत उहाँले बताउनुभयाे। आयोगका उपाध्यक्ष पोखरेलले उम्मेदवारको सूची धेरै लामो हुँदा मतदातालाई आफ्नो र अर्को प्यानलका पहिचान गर्न पनि कठिन भएको छ।
एक जना मतदाताले बढीमा २५ देखि ३० मिनेट लगाउने अनुमान गरेकाे तर त्यस्तो भएन घटिमा ९ मिनेटदेखि २ घण्टा १२ मिनेटसम्म एक जनाले समय लगाएकाे उहाँकाे भनाइ छ। शीर्ष नेताले नै एक घण्टा ४ मिनेटदेखि एक घण्टा १२ मिनेटसम्म लगाएकाे समेत उहाँले बताउनुभयाे। एक पटकमा ८० जना मतदानको लाइनमा भएकाे र यहि रफ्तारमा गए रातभरि नै मतदान जारी रहने भएकाे छ। मतदान प्रक्रिया अब रोक्न पनि नमिल्ने उहाँकाे भनाइ छ।
आयोगका उपाध्यक्ष पाेखरेलले बाँकी सबै मतदातालाई टोकन बाँडिसकेकाले अब लाइनमा बस्नु नपर्ने पनि बताउनुभयाे।





प्रतिक्रिया दिनुहोस्