Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


एमाले महाधिवेशन: निर्वाचनको नतिजा आजै राति साढे १० बजे सार्वजनिक गरिंने

महाधिवेशन प्रतिनिधिले मतदान गर्ने क्रम जारी

0
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक हुने भएको छ ।

एमालले बुधबार राति साढे १० बजे अघि नै निर्वाचनको नतिजा सार्वजनिक हुने जनाएको हो। मतदानस्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा एमाले नेता राजेन्द्र गौतमले मतदान सम्पन्न भएको २ घण्टाभित्र नतिजा सार्वजनिक हुने बताउनुभएको छ।

जम्मा मतदाताहरुको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दाखेरी एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एक पटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको समेत उहाँले जानकारी गराउनुभयो। यसरी हेर्दा करिब साढे ८ घण्टामा मतदान सम्पन्न गर्ने तयारी अनुसार महाधिवेश निर्वाचन आयोगले दिएको सूचना बमोजिम अगाडि बढेको नेता गौतमले बताउनुभयो ।

अहिले भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिले मतदान गर्ने क्रम जारी रहेको छ।