स्याङ्जा, असोज ७ । जिल्ला कारागार स्याङ्जामा कार्यरत् एक प्रहरीजवानले आत्महत्या गरेका छन् ।
आइतबार बिहान ३ः३० बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जीतेन्द्र थापाले आफैंले गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
आत्महत्या गर्नुका कारणबारे थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक थापाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार घटनाकाबारेमा परिवारलाई जानकारी गराइसकेको र परिवार आएपछिमात्र शव परीक्षण गरिनेछ । रासस









प्रतिक्रिया दिनुहोस्