Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


एमालेमा नयाँ नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि मतदान हुने


429
Shares

काठमाडौं। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले गत मंसिर २७–२९ गतेसम्म आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि समय तालिका परिमार्जन गरेको हो।

संशोधित कार्यक्रम अनुसार मतदान मंगलबार साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने भएकाे छ। मतगणना, परिणाम घोषणा, प्रमाणपत्र प्रदान तथा शपथ ग्रहण महाधिवेशन स्थलमै गरिने आयोगले जनाएको छ।

आयोगले जारी गरेको सूचनामा आवश्यक परेमा निर्वाचन कार्यक्रममा थप परिवर्तन वा समय तालिका हेरफेर गर्न सकिने जनाएको हाे ।